आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समयानुकूलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी : उपाध्यक्ष श्रेष्ठ

बुधबार, ०१ चैत २०७९, ०८ : ४८
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । महासङ्घको आगामी चैत २८ र २९ हुने साधारण सभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले मुलुकभित्र नै व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले समय परिवर्तनशील रहेकाले परिवर्तनशील समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए । 

उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ, त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रूपमा मात्रै विकास हुने बताए । उनले  अबको चुनौती भनेको नयाँ व्यापार नीतिहरू ल्याउनु र संसक्त सङ्गठन बिस्तार गर्नुभएको बताए । सङ्गठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने उनको दाबी छ । उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य सङ्घको भ्रमण गरेर आफ्नो उम्मेदवारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने विश्वास व्यक्त गरे ।  

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासङ्घले साना व्यवसायीहरूका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । उनले पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात् प्रभाव पुर्याउनेगरी काम गर्ने बताए । 

महासंघसँग आबद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यावसायिक अनुभव र महासङ्घमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेदवार आफू रहेको उनको दाबी छ । उहाँले महासङ्घको विभिन्न उद्योग,राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताए । 

उपाध्यक्ष श्रेष्ठले साना घरेलु तथा मझौला उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले महासङ्घले प्रमुख प्राथमिकतामा राखेर मुद्दाहरू उठाई रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानु आवश्यक पहल गर्ने बताए उनले महासङ्घले कोभिड पछाडि साना घरेलु तथा मझौला उद्योगको समस्यालाई प्राथमिकताको साथ समाधान गर्न सरकारसँग माग गर्दै आएको बताए । 

न्युज एजेन्सी नेपाल 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप