ए डिभिजन लिगमा आज दुई खेल हुँदै
बुधबार, ०१ चैत २०७९, ०९ : ०२
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरू हुँदैछन् । खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुनेछ ।
च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो २ः३० बजे सुरु हुनेछ ।
यस्तै रङ्गशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।