सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा नमुना मतदान

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा नमुना मतदान

बुधबार, ०१ चैत २०७९

काठमाडौँ । आइतबार हुन लागेको स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसमा नमुना मतदान भएको छ । अनेरास्ववियुको आयोजनामा आज देशका विभिन्न क्याम्पसहरूमा नमुना मतदान भइरहेको छ । 

विद्यार्थीलाई मत सङ्केत तथा प्रक्रियाबारे जानकारी दिन नमुना मतदानको आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ  ।

युनियनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया