फोटोफिचर
रासायनिक मलकाे मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन (तस्बिरहरु)
बुधबार, ०१ चैत २०७९, १३ : ०९
काठमाडौँ । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ । बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि नै भएको बताउँदै रासयनिक मलमा मूल्य बढाएर जनता मारा काम गरेको आरोप लगाएका छन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन समेत माग गरे । सरकारले केही दिनअघि रासायनिक मलको मूल्य वृद्धि गरेको थियो ।