घरेलुका प्रमुख दुई लाखसहित पक्राउ
बुधबार, १६ फागुन २०७४, २१ : ३५
लहान । घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र लाल कर्ण कार्यालय परिसरमा रहेको क्वार्टरबाट सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँसहित बुधबार साँझ पक्राउ परेका छन् ।
अ
ख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले कर्णलाई क्वार्टरमा लुकाएर राखेको दुई लाख रुपैयाँसहित साँझ ६ बजेतिर पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश चन्दले कर्णलाई लहान १० ग्रामीणस्थित कार्यालय परिसरमा रहेको क्वार्टरमाबाट अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए ।
कर्णले बुधबार अपरान्ह नाम नखुलेको गैरसरकारी संस्थाका प्रतिनिधिसँग कार्यालय समयमै सीपमूलक तालिम संचालन गर्न दिने शर्तमा दुई लाख रुपैयाँ घुस लिएको बताइएको छ ।