आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५१० स्थानीय तहले गरे औषतभन्दा बढी प्रतिशत खर्च

बिहीबार, ०२ चैत २०७९, १५ : ५०
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आर्थिक वर्ष २०७८–७९ मा  विनियोजन भएको कुल बजेटमा ५१० स्थानीय तहले औषत खर्च प्रतिशतभन्दा बढी प्रतिशत खर्च गरेका छन् । स्थानीय तहको कुल खर्चको प्रतिशत गणना गर्दा खर्च प्रगति प्रतिशतको आधारमा समानुपातिक रुपमा अंक प्रदान गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । 

जसअनुसार औषत खर्च प्रतिशत भन्दा घटी प्रतिशत खर्च गर्ने २४३ स्थानीय तहलाई अंक प्रदान नगरिएको आयोगले जनाएको छ । 

आयोगले आर्थिक वर्ष २०७८–७९ मा सबै स्थानीय तहबाट कुल विनियोजित पूँजीगत बजेटमा स्थानीय तहको कुल पूँजीगत खर्चको प्रतिशत गणना गर्दा स्थानीय तहको औषत पूँजीगत खर्च प्रतिशतभन्दा बढी प्रतिशत पूँजीगत खर्च गर्ने ५२८ स्थानीय तहलाई पूँजीगत खर्च प्रगति प्रतिशतको आधारमा समानुपातिक रुपमा अंक प्रदान गरेको जनाएको छ । यस्तै औषत पूँजीगत खर्च प्रतिशत भन्दा घटी प्रतिशत खर्च गर्ने २२५ स्थानीय तहलाई अंक प्रदान गरिएको नगरिएको आयोगको भनाइ छ । 

सोही आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ ।  आयोगले आगामी आर्थिक वर्ष  २०८०–८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने अनुदान सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप