सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नरेन्द्रको ‘आमा मेरी आमा’ मा सुर्यमालाको अभिनय

बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । नेपाली फिल्म तथा नाटकमा बढी देखिने कलाकार सूर्यमाला खनाल पछिल्लो समय म्युजिक भिडियोमा पनि फट्टफुट्ट देखिन थालेकी छन् । उनी अभिनीत पछिल्लो म्युजिक भिडियो ‘आमा मेरी आमा’ सार्वजनिक भएको छ । 

गायक नरेन्द्र राईको स्वर रहेको गीतमा सविसंगम राईको संगीत छ । गीतको शब्द जानुका राईले लेखेकी हुन् । भिडियोमा सुर्यमालाको आमा बनेक छिन् भने उनका छोरा गायक नरेन्द्र स्वयम् बनेका छन् । भिडियोमा आमा छोराको प्रेम देखाइएको छ ।

मातृत्व वर्णन गरिएको शब्दले गरिएको गीतको भिडियोमा आमा र छोराको प्रेम देखाउन खोजिएको निर्देशक निकेश खड्काले बताए ।

२०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत पछि आमा सधैँ आफूसँगै रहेको अनुभूति भएको सुनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया