सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदीप र शान्तिश्रीको ‘माया हो माया’ मा समीर र अनु जोडी

शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । लोकसंगीतका पारखीहरूका लागि प्रदीप त्रिपाठी र शान्तिश्री परियारले नयाँ गीत ‘माया हो माया’ ल्याएका छन् । प्रकास पराजुलीको शब्द रहेको गीतमा गायक त्रिपाठीकै संगीत रहेको छ । गीतको एरेन्ज कृष्ण बिकले गरेका हुन् ।

दोअर्थि गीतसंगीतको बोलवाला भइरहेका बेला प्रदीप र शान्तिश्रीले कर्णप्रिय गीत ल्याएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा समीर न्यौपाने र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । चकलेटी अनुहारका समीर र गारो अनुहारकी अनुका भिडियो रोमान्स सुहाउँदो छ । 

आशिरप्रताप जंगको निर्देशन भिडियोको कोरियोग्राफी गरमान शोहन कुमाल हुन् । भिडियोमा विपिन चौलागाइको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया