आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायली सुरक्षा बलको कारबाहीमा ४ जना प्यालेस्टाइनीको मृत्यु, २३ घाइते

शुक्रबार, ०३ चैत २०७९, १६ : १८
शुक्रबार, ०३ चैत २०७९

तेल अवीव । इजरायली सुरक्षा बलको कारबाहीमा वेस्ट बैंक क्षेत्रको जेनिनमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य  २३ जना घाइते भएका छन् । 

सीएनएनले प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सो बारे जानकारी गराएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको  पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सुरक्षा बलले जानकारी गराएअनुसार 'प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादी सङ्गठनका दुई अपरेटिभहरूलाई निष्क्रिय पारेका छन् ।'  कारबाहीका क्रममा सशस्त्र व्यक्तिहरूले सेनालाई गोली हानेको र त्यसको परिणाम स्वरूप हताहत भएको इजरायली सुरक्षा बलको दाबी छ ।   

त्यसैगरी हमासले विज्ञप्ति जारी गर्दै जेनिनमा मारिएका दुई प्यालेस्टाइनी आफ्ना लडाकु भएको बताएको दाबी गर्दै हत्याको कडा शब्दमा निन्दा गरेको छ ।

यसैबीच प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आतङ्कवादी र सर्वसाधारणसहित ८८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । (रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप