आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
निर्वाचन

बारा–२ को निर्वाचन क्षेत्र खाली : उपेन्द्रलाई  संसद् प्रवेशको बाटो खुला

शुक्रबार, ०३ चैत २०७९, १७ : २१
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । बारा – २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको  बाटो खुलेको छ । 

जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए । 

राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादवले १६ हजार ९७९ मतमात्रै पाएका थिए । अब उनी बारा २  सत्ता गठबन्धनको उम्मेदवार बन्ने सम्भावना प्रबल छ । 

जसपा अध्यक्ष यादवलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहने पक्का जस्तै छ । गत चुनावमा जसपाका रामसहाय रा १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । रामसहाय उपराष्ट्रपति पनि निर्वाचित भएपछि बारा– २ को निर्वाचन क्षेत्र खाली भएको छ ।

संविधानको धारा ६७ को उपधारा ३ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पदस्वतः रिक्त हुनेछ’ भन्ने उल्लेख छ । यसअघि रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँको निर्वाचन क्षेत्र नम्बर १ पनि खाली भएको थियो । यस्तै चितवन क्षेत्र नम्बर २  पनि खाली छ ।

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता प्रकरणमा दोषी ठहरिएपछि उनको पद खारेज भएको थियो । 

सांसद पद रिक्त भएका निर्वाचन क्षेत्रमा एकै चरणमा निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । चितवन – २ मा आगामी वैशाख १० गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । तनहुँ–१ र बारा– २ को निर्वाचन वैशाख १० मै हुने वा चितवन–२ को निर्वाचन पछाडि सारिन्छ आयोगले प्रस्ट पारेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप