आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्यो : अध्यक्ष यादव

शुक्रबार, ०३ चैत २०७९, १९ : ३२
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन् । 

शुक्रवार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमानदारिता र स्वच्छ छविको प्रतीकको रुपमा रहएको बताए । उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए ।  

त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिए । उनले यादवको विजयमा गठबन्धन दलहरु खुसी भएको बताए ।  

उनले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई नेपाली काँग्रेस पार्टीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप