ससद्लाई प्रभावकारी बनाउन मुख्य सचेतकहरुसँग सभामुखको छलफल
शनिबार, ०४ चैत २०७९, १८ : ४१
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग शनिबार छलफल गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सभामुख घिमिरेले छलफलको आयोजना गरेका हुन् । प्रतिनिधिसभाको बैठक आइतबार बस्ने कार्यसूची रहेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सदनलाई बढीभन्दा बढी बिजनेस दिने बारेमा छलफल भएको जानकारी दिए । उनले भने, ‘अब महत्त्वपूर्ण विधेयकहरूलाई अघि बढाइनेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्सम्बन्धी कार्यविधि, प्रतिनिधि सभाको नियमावली लगायतलाई सैद्धान्तिक छलफलमा लैजाने बारेमा छलफल भएको छ ।