चार क्याम्पसमा विद्युतीय मतदान, एक घण्टामा नतिजा
आइतबार, ०५ चैत २०७९, १४ : ५७
काठमाडौँ । देशैभरका चार क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरसहित पुलचोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ र केन्द्रीय प्रविधि क्याम्पस धरानमा विद्युतीय मतदान भइरहेको हो ।
यी चार क्याम्पसमा मतदान सकिएको एक घण्टाभित्रै नतिजा आउने त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए ।
मतदान र नतिजा दिन सहज हुने भएकाले विद्युतीय मतदान गरिएको अधिकारीले बताए ।