आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकारद्वारा राजीनामा

आइतबार, ०५ चैत २०७९, १६ : ३२
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । 

बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाउको छ । 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा भाग लिन स्वीट्जरल्याण्ड जान प्रधानमन्त्रीले उनलाई सल्लाहकार बनाएका थिए । 

सो पदलाई प्रधानमन्त्रीले निरन्तरता दिन सकिने भएपनि उनले सेवा सुविधा लिन उचित नलागेकाले राजीनामा दिएको बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप