आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा बस दुर्घटना : १९ जनाको मृत्यु, ३० जना घाइते

आइतबार, ०५ चैत २०७९, २२ : ०१
आइतबार, ०५ चैत २०७९

ढाका । बङ्गलादेशको मदारीपुरमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

ढाका ट्रिब्युनले जनाएअनुसार आइतबार बिहान ढाकातर्फ जाँदै गरेको बस पद्मा पुलको सडकबाट मदारीपुरको शिबचार उपजिल्लाको कुतुबपुर नजिक खाल्डोमा खस्दा सो दुर्घटना भएको हो । 

बसमा कम्तीमा ५० जना सवार रहेको बुझिएको छ । घाइतेहरूको शिवचर उपजिल्ला स्थित स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो ।

घटनाबारे अनुसन्धान जारी छ । मृतकको सङ्ख्या बढ्नसक्ने गरिएको छ ।-(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप