आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नयाँ उपराष्ट्रपतिलाई स्वागत, निवर्तमानलाई बिदाइ, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

नयाँ उपराष्ट्रपतिलाई स्वागत, निवर्तमानलाई बिदाइ, तस्बिरमा हेर्नुहोस्

सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।

समारोहमा पूर्व राष्ट्रपति रामवरण यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया