भारतका समकक्षीद्वारा नेपालका उपराष्ट्रपति यादवलाई बधाई
सोमबार, ०६ चैत २०७९, १४ : ५०
काठमाडौँ । भारतका उपराष्ट्रपति सन्दीप धनखरले आफ्ना समकक्षी नेपालका नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले आफ्नो आधिकारी ट्विटरबाट सो बधाई दिएका छन् ।
बहुआयामिक भारत-नेपाल सम्बन्धलाई अझ सुदृढ गर्दै जनता जनताबीचको मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउन नेपालका उपराष्ट्रपति यादवसँग काम गर्न तात्पर्य रहेको उनले उल्लेख गरेका छन् ।