चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेट : निकट सम्बन्धको प्रशंसा
सोमबार, ०६ चैत २०७९, २२ : ००
मस्को । चिनियाँ राष्ट्रपति सी चिननफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा मस्को पुगेका राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति सीले रुससँग आफ्नो देशको ‘नजिकको सम्बन्ध’ रहेको बताएका छन् ।
उनले भने, ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ ।’ रुसी सरकारी टेलिभिजनले यसबारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।