आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जातीय भेदभाव समाजको कलंक’

बुधबार, ०८ चैत २०७९, १४ : ५२
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । दलित समुदायमाथि हुने विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल जारी छ ।

राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि बुधबारको बैठकमा छलफल भएको हो ।

छलफलमा भाग लिँदै सांसदहरुले जातीय भेदभाव समाजकै कलंक भएको बताएका छन् । 

‘जातीय भेदभाव हाम्रो समाजमा कलंकको रुपमा रहेको छभन्दा फरक पर्दैन, लामो समयदेखि परम्परागत रुपमा रहेको यो जातीय भेदभावले विभिन्न मुल्यमान्यताहरु निर्धारण गरेको र मानसिक रुपमा पनि रहेको छ’ राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले भनिन्, ‘कानुन बनेर मात्र हुँदैन यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न र रुपान्तरण गर्न पनि उत्तिकै आवश्यकता छ ।’

संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार निजी वा सार्वजनिक स्थानमा हुने छुवाछुत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप