आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओडीआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो

बुधबार, ०८ चैत २०७९, १५ : २३
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो । 

यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि मात्रै नेपाल एक स्थानमाथि उक्लिएको हो । 

वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा श्रीलंका*, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २०मा पपुवा न्युगिनी रहेका छन् ।  

* सच्याइएको

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप