आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी–ट्वान्टीमा सन्दीपको वरीयता कायमै

बुधबार, ०८ चैत २०७९, १५ : ४२
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी अन्तर्राष्ट्रियको बलिङ वरीयतामा यथावत् रहेको छ ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं स्थानमा कायम छन् ।

ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ अविनास बोहोराको नयाँ वरीयता ९९ स्थानमा हुँदा ब्याटिङतर्फ दीपेन्द्र सिंह ऐरी ६० औं स्थानमा यथावत् रहेका छन् ।

अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ भारतका सूर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप