आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा राउत निर्विरोध

बिहीबार, ०९ चैत २०७९, १८ : १८
बिहीबार, ०९ चैत २०७९

विराटनगर । कोशी प्रदेशको उद्योग वाणिज्य वाणिज्य महासंघको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज सम्पन्न महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । यस्तै महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । 

सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगततर्फ राजन श्रेष्ठ र दिपक पाण्डे निर्विरोध निर्वाचित भए ।

यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । राउत दुईपटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी केही समयअघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप