आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

बिहीबार, ०९ चैत २०७९, १८ : २५
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो भविष्य’ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक  अनावरण गरे  । 

आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी ल्याइएको कम्पनीको भनाइ छ ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो  । जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५,००० तथा अधिकतम बीमाङ्क रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप