आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धादिङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

शुक्रबार, १० चैत २०७९, १० : ३२
शुक्रबार, १० चैत २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।
 
दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

 हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको  टिप्पर शुक्रबार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप