आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एलिना र हेमन्तले ल्याए देउडा गीत ‘मायाले नै हो रैछ’

शुक्रबार, १० चैत २०७९, १२ : २३
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । पछिल्लो समय धोकेबाज  गीतबाट चर्चित गायिका एलिना चौहान र गायक हेमन्त शर्माको युगल गायन रहेको गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ ।

देउडा शैलीमा निर्माण भएको गीतले सुन्दर सुदूरपश्चिमको झल्को समेत दिन्छ । हरि उप्रेतीको शब्द रहेको गीतमा तृप्ति खड्काको सङ्गीत छ ।

समारिका ढकाल र विजय पुनको अभिनय गीतको भिडियोमा देख्न सकिन्छ । रुपेश थापाको छायाङ्कन रहेको भिडियो निकेश खड्काले निर्देश गरेका हुन् । भिडियोका सम्पादन विकास धमला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप