आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : नेप्से सूचक १८ अंकले माइनसमा, कारोबार ६ अर्ब पनि पुगेन

शुक्रबार, १० चैत २०७९, १७ : ०१
शुक्रबार, १० चैत २०७९

काठमाडौं । सेयर बजारका लागि यो साता पनि उत्ति राम्रो भएन । १९ सय ३३.३१ अंकबाट शुरु भएको यो सातामा नेप्से सूचक थप १८.१६ अंकले गुम्दै १९ सय १५.१५ अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साता यस्तो सूचक ६९.३९ अंकले गुम्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको थियो ।

यो साता जम्मा चार दिन बजार खुल्यो । चैत ५ गते अर्थात मार्च १९ मा साताको बजार खुलेको पहिलो दिन नै नेप्सेमा ६.९० अंकको गिरावट आयो । दोस्रो दिन, चैत ६ गते २२.६५ अंकले नेप्से बढ्दै १९ सय ४९.०६ अंकमा उक्लिए पनि यो खुशी एकदिन पनि टिकेन । पर्सिपल्ट अर्थात कारोबारको चौथो दिन चैत ८ गते नै पुनः नेप्सेमा १५.७६ अंकको गिरावट आउँदै १९ सय ३३.३० अंकमा झर्न पुग्यो । चैत ७ गते भने घोडेजात्रा परेकाले सार्वजनिक विदा हुँदा बजार खुलेन । अन्तिम दिन बिहीबार नेप्से सूचक पुनः १८.१५ अंकले घट्दै १९ सय १५.५ अंकको विन्दुमा झरेको छ । 

कारोबार ६ अर्ब पनि पुगेन
उसो त यो साता सेयर कारोबार (टर्नओभर) समेत करिब ६ अर्बमा खुम्चिन पुगेको छ । नेप्से सूचक १८ अंकले घटेको बजारमा यस साताकूल ५ अर्ब ९७ करोड २४ लाख ५४ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता यस्तो कारोबार ६ अर्ब १८ करोड ८२ लाख ६७ हजार ६५१ रुपैयाँ बराबरको भएको थियो । 

अघिल्लो साता तुलनामा यो साता २१ करोड ५८ लाख १३ हजार २४५ रुपैयाँले सेयर कारोबार घटेको छ । यस्तै पुँजी बजारको मार्केट क्यापिटलाइजेशन २७ खर्ब ७२ अर्ब ३ करोड रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप