आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हलिउड फिल्म गर्न रणवीरद्वारा अस्वीकार

शनिबार, ११ चैत २०७९, १० : २८
शनिबार, ११ चैत २०७९

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरको हालै रिलिज भएको फिल्म ‘तू झुठी मैं मक्कार’ राम्रो व्यवसाय गरिरहेको छ । रणवीरले यो फिल्म मार्फत पहिलो पटक अभिनेत्री श्रद्धा कपूरसँग स्क्रिन शेयर गरेका छन् । फिल्मका निर्देशक लभ रञ्जन हुन् ।

रणवीर बलिउडका प्रतिभाशाली कलाकार मध्येका एक हुन् । अभिनय बलमा दर्शकको दिलमा राज गर्न सफल उनी फिल्म ‘सावरिया’ बाट अभिनयमा डेब्यु गरेका थिए । फिल्ममा उनीसँगै अभिनेत्री सोनम कपूर देखिएकी थिइन् ।

रणवीरले अहिलेसम्मको फिल्मी करियरमा उत्कृष्ट र हिट फिल्महरू दिएका छन् । यद्यपि उनी हलिउड फिल्म गर्न भने डराउने गरेका छन् । रणवीर आफैले हालै एक अन्तर्वार्ताको यो कुरो खुलासा गरेका हुन् । उनलाई हलिउडको ब्लकबस्टर फिल्ममा काम गर्ने अफर आएको थियो । उनले उक्त अफर अस्वीकार गरेका थिए ।

मिडिया रिपोटका अनुसार उनलाई हलिउड फिल्म ‘स्टार वार्स’ प्रस्ताव गरिएको थियो । तर उनले फिल्म गर्न अस्वीकार गरे । वन्डर वुमन फिल्मका निर्देशक प्याटी जेनकिन्सले उनलाई स्टार वार्स फिल्मको अफर गरेका थिए । फिल्मको मुख्य दोस्रो पात्रको रूपमा उनलाई अफर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप