आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेनाको सङ्ख्या घटाउने बहस गर्नुभन्दा प्रदेशको संरचना हटाउनेबारे विचार गरौँ : कमल थापा

शनिबार, ११ चैत २०७९, १० : ५०
शनिबार, ११ चैत २०७९

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहको संरचना आर्थिक र राजनीतिक रुपमा बोझ भएको बताएका छन् । अध्यक्ष थापाले उक्त संरचना आर्थिक र राजनीतिक रुपमा बोझ भएको भन्दै हटाउनुपर्ने बताए । शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने बारे बिचार गर्न आह्वान गरेका हुन् । 

अध्यक्ष थापाले प्रश्न गरेका छन् : ‘के नेपालको निम्ति अर्बौ तलबभत्ता खाने करिब सयको संख्यामा प्रदेशमन्त्री र पाँचसय प्रदेश सांसद आवश्यक छ ?’

उनले राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन नसकेको गुनासो समेत गरेका छन् । उनले भनेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्ममा गएको पहिरो तथा हिन्दु, बौद्ध र किराँतमा परेको नकरात्मक प्रभावका कारण राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन सकेन ।’

विश्वमा तिव्र गतिमा धर्मपरिवर्तन हुने देशहरूमा नेपाल एक नम्बरमा रहेको भन्दै थापाले भनेका छन्, ‘सनातन धर्मको रक्षा गरौँ ।’

kamal thapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप