आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छिट्टै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्छु : उपाध्यक्ष संघई

आइतबार, १२ चैत २०७९, १० : ३१
आइतबार, १२ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले महासंघको भावी नेतृत्वका लागि टिमसहित छिट्टै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताएका छन् । धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सभामा संघईले महासंघको गरिमालाई थप उच्च बनाउन र ‘सम्मानित निजी क्षेत्र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी रहने बताएका हुन् ।

यस अघिको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकै टिमबाट एशोसियट तर्फको उपाध्यक्षमा निर्वाचित संघईले ढकालको समर्थन समेत प्राप्त हुने उल्लेख गरे । कार्यक्रममा संघईले महासंघको अबको नेतृत्व उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने, रोजगारी सृजना गर्नसक्ने, उत्पादन बढाउन सक्ने एवं सरकारसमक्ष समस्या समाधानमा पहल गर्नसक्ने हुनुपर्ने बताए ।
 
उत्तरमा चीनको स्वयत्तक्षेत्र तिब्बत तथा पूर्वमा भारतको उत्तराखण्ड एवं दक्षिणमा उत्तर प्रदेशसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेश व्यापार व्यवसायको दृष्टिले निकै महत्वपूर्ण रहेको बताए । उनले थपे, ‘सुदूरपश्चिम प्रदेशका सबै सम्भावनाहरुको लेखाजोखा गरेर लगानी विस्तार गर्न म सदैव तयार छु ।’
 
कार्यक्रममा संघईले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसार उद्योग वाणिज्य महासंघले तीनै तहका सरकारहरुसँग सहकार्य र हातेमालो गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रदेश समितिहरुको भूमिका थप बढाउन जरुरी रहेको समेत बताए । साना तथा मझौला उद्यमी व्यवसायीहरुले भोग्नु परिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै संघइले उद्यमी व्यवसायीलाई ब्याजै तिर्न नसक्ने अवस्थाबाट कसरी मुक्ति दिने भन्ने बिषयमा समेत गृहकार्य भइरहेको उल्लेख गरे ।
 
नेपालका प्रतिष्ठित उद्यमी संघाईले त्रिवेणी ग्रुप अन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य उद्योगहरु संचालन गरिरहेको बताए । करिब १८ हजार श्रमिक परिवारलाई आफ्नो उद्योग व्यवसायमा रोजगारी दिएको उनले बताए । मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा त्रिवेणी ग्रुपको अढाईदेखि तीन प्रतिशत योगदान रहेको संघाईले बताए ।
 
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रको निर्वाचन  चैत्र २८ गर २९ गते काठमाडौंमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप