आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बढ्यो काजुको आयात, फागुन महिनामा २ करोडको भित्रियो

आइतबार, १२ चैत २०७९, ११ : ४०
आइतबार, १२ चैत २०७९

कठमाडौँ । चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।

विभागले प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्नेगर्छ । यसअनुसार ७ महिना (माघसम्म)मा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । जबकी, फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ । 

फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप