आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको दुई गोलमा पोर्चुगलको गोल वर्षा

सोमबार, १३ चैत २०७९, ०८ : ४४
सोमबार, १३ चैत २०७९

लिजबन । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले युरो २०२४ को छनोट खेलमा लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । समूह जे अन्तरगतको आइतबार राति भएको खेलमा पोर्चुगल ६–० गोलले विजयी भएको हो ।

३८ वर्षीय रोनाल्डोले खेलको नवौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जोओ फेलिक्स र बर्नार्डो सिल्भाले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । ३१ औँ मिनेटमा अल नासरका स्ट्राइकरले व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफमा सब्सिटच्युट ओटाभियो र राफायल लियोले गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । लगातार दुई खेल जित्दै पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ । 

बिहीबार लिख्टेन्सटाइनविरुद्ध दुई गोल गरेका रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा पोर्चुगलको सर्वाधिक गोलको कीर्तिमानलाई थप फराकिलो बनाएका छन् । उनले ३७ खेलमा ३५ गोल गरेका छन् । 

नयाँ म्यानेजर रोबर्टो मार्टिनेजले पोर्चुगलमा कुनै गोल नखाई लगातार दुई जीत हासिल गर्दै सुखद सुरुवात गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप