अमेरिका : सिख परेडका बेला गोली चल्यो
अमेरिकाको क्यालिफोर्निया प्रान्तको राजधानी सेकरामेन्टोमा आइतबार अपराह्न एक गुरुद्वारेमा दुई सिखमाथि गोली प्रहार गरिएको घटना सार्वजनिक भएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय प्रशासनले यो हिंसाको घटना नभएको र दुई जना परिचित व्यक्तिबीच गोली हानाहान भएको बताएको छ ।
ब्राडश सिख समाजले पहिलो पटक सिख परेड निकाल्दै गर्दा यो हमला भएको हो ।
The US | "Two people shot at a Gurudwara in Sacramento County, California. The shooting is not related to a hate crime, it is a shootout between two men who knew each other," says Sacramento County Sheriff’s Office. pic.twitter.com/zKWY58yWOY
— ANI (@ANI) March 27, 2023
सिख सोसाइटीले भनेको छ, ‘परेड शान्तिपूर्ण तरिकाले निकालिँदै थियो । यो दुर्भाग्य हो कि केही मानिसहरुले एक धार्मिक आयोजनामा खलल पुर्याउने कोसिस गरे । दोषीले सजाय पाउनेछन् भन्ने आशा गर्छौँ । हमला गर्नेहरू परेडको हिस्सा थिएनन् ।’
प्रहरीले सन्दिग्धको खोजी गरिरहेको छ ।
Shocking :
— Ravinder Singh Robin ਰਵਿੰਦਰ ਸਿੰਘ رویندرسنگھ روبن (@rsrobin1) March 27, 2023
Two people were shot Sunday afternoon at a Sikh temple in the Vineyard section of #Sacramento in USA during a Sikh Parade.
𝗥𝗲𝗽𝗼𝗿𝘁𝗲𝗱𝗹𝘆 : 𝗜𝗧 𝗪𝗔𝗦 𝗡𝗢𝗧 𝗛𝗔𝗧𝗘 𝗖𝗥𝗜𝗠𝗘 pic.twitter.com/9WyOXrFA6Y