आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रकमा लागु औषध लुकाएर ओसारपसार गर्ने ३ जना प्रहरी नियन्त्रणमा

मङ्गलबार, १४ चैत २०७९, ०७ : ०१
मङ्गलबार, १४ चैत २०७९

बारा । इलाका प्रहरी कार्यालय सिमराले २ वटा लरी ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट पथलैयातिर आउँदै गरेको मधेस प्रदेश ०३–००१– क २२४२ र ०३–००१ क २२४३ नं लरी ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनको सिट मुनी लागु औषध फेला परेको हो ।

२२४२ नम्बरको लरी ट्रकबाट नाईट्रोभेट टयाब्लेट १५० पिस, नाईट्राजेपाम टयाब्लेट ४० पिस, फेनरगन २६ वटा, नुफिम २६ वटा, डाईजापाम २६ वटा र २२४३ नं लरी ट्रकबाट नाईट्रोभेट टयाब्लेट ७५ पिस, नाईट्राजेपाम टयाब्लेट ८० पिस, फेनरगन २८ वटा, नुफिम २८ वटा डाईजापाम २८ वटा  फेला परेको हो ।

गोप्य सूचनाका आधारमा ईप्रका जीतपुर र सिमराबाट खटिएको प्रहरी टोलीले लागु औषध बोकेको लरी ट्रक सहित नियन्त्रणमा लिएका ३ जनाको नाम भने सार्वजनिक गरेको छैन । नियन्त्रणमा लिएका सबैलाई सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जनाएका छन् ।

बारा पर्सा औद्योगिक कोरिडोरको बाटो हुँदै भारतबाट सामान बोकेर आउने गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू लुकाई छिपाई लागु औषधको धेरै ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बारा पर्सामा लागु औषधको ठुलो गिरोह रहेको र कोरिडोरको बाटो हुँदै मकवानपुर, काठमाडौँ, पोखरासम्म यी लागु औषधका टब्यालेटहरु पुग्ने गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप