आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा साथीले चलाएको बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

मङ्गलबार, १४ चैत २०७९, ०९ : २५
मङ्गलबार, १४ चैत २०७९

ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा सिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो । 

सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप