कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा
मङ्गलबार, १४ चैत २०७९, १२ : १९
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिएको छ । राम नवमीको अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम प्रदेश भर बिदा हुने छ ।
*यसअघि शीर्षकमा चैत १६ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।