आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अख्तियारको एक्सन : पक्राउ परेका दुई जनाको साथबाट  स्रोत नखुलेको नगद बरामद

मङ्गलबार, १४ चैत २०७९, २० : ५५
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुससहित पक्राउ परेका दुई जनाको साथबाट थप रकम बरामद गरेको छ । अख्तियारको टोलीले नापी कार्यालय मनमैंजु, काठमाडौँमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीको साथबाट स्रोत नखुलेको थप नगद बरामद गरेको हो । 

अख्तियारको टोलीले सुरुमा उनीहरुलाई एक लाख पचहत्तर हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।  जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा  सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उपरकोटी र कार्कीलाई सेवाग्राहीबाट लिएको उक्त घुससहित नियन्त्रणमा लिएको थियो । 

त्यसपछि खानतलासी गर्दा कार्कीको साथबाट स्रोत नखुलेको सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए । 

यस्तै उनको साथबाट अभिशेक कार्कीको नाममा काटिएको सोह्र लाख रुपैयाँको  चेक पनि बरामद भएको छ । यस्तै सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ बरामद भएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप