आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ठिटो झापाको’ भन्दै आशिषसँगै नाचिन् सनिशा

बुधबार, १५ चैत २०७९, १० : २५
बुधबार, १५ चैत २०७९

काठमाडौँ । गायक आशिष सचिनले नयाँ गीत ‘ठिटो झापाको’ ल्याएका छन् । सँधै झै आफ्ना सृजनाहरुमा नयाँ पन पस्कदै आएका आशिषले ‘ठिटो झापाको’ पनि भिन्न शैलीमा ल्याएका छन् । गीतमा गायक आशिषसँगै पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वर छ । सन्तोष सुनुवारको शब्द तथा संगीत रहेको गीतको एरेन्ज एनमोक्सको रहेको छ ।

गीतको भिडियोमा गायक आशिषसँगै मोडल सनिशा भट्टराइको अभिनय छ । इलाम र झापामा छायांकन भएको भिडियोले एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथा देखाउन खोजेको छ । भिडियोका निर्देशक शान थापा हुन्  भने छायांकन अनिल के.मानन्धर र सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप