आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ : रमेश लेखक

बुधबार, १५ चैत २०७९, १२ : ०३
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा  मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् । मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ । 

उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए ।  ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप