समाचार
सरकार र मिटरब्याजी पीडितबीचको दोस्रो वार्ता ६ बजे
बिहीबार, १६ चैत २०७९, १५ : १२
काठमाडौँ । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीचको वार्ता सकिएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् ।
दिउँसोको छलफलमा आ–आफ्ना धारणा राख्ने काम भएको नेपाल समाजवादीका नेता रामरिझन यादवले जानकारी दिए । मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।