वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
बिहीबार, १६ चैत २०७९, १७ : २६
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सङ बिहीबार पोखरेल निवास धापासी पुगेका थिए ।
भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पोखरेलको सचिवालयले जनाएको छ ।