आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र सानो समूहको कब्जामा छ  : कमल थापा

शुक्रबार, १७ चैत २०७९, १५ : ५१
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुट्ठीभरका सानो समूहको कब्जामा भएको बताएका छन् । दुरदराजमा बस्ने तल्ला वर्गका जनताको दुख, पिर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे  । 

थापाले भने, हरि खेलमा मात्र सबैको ध्यान केन्द्रित छ, यसले मुलुकलाई असफल राष्ट्र तर्फ उन्मुख गराउँदै छ ।  

राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले  पूर्व सुरक्षाकर्मीको हकहितलाई सुरक्षित राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष थापाले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाउँदै सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप