स्कूल सञ्चालक बने शिक्षामन्त्री
शुक्रबार, १७ चैत २०७९, १६ : १६
१
काठमाडौँ । एक निजी विद्यालयका सञ्चालक शिक्षामन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका हुन् । उनी काठमाडौँको बुद्ध नगरमा रहेको स्वप्न बाटिका स्कुल (एसडी) का सञ्चालक हुन् । उनी आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको उक्त स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएका छन् ।
उनकी श्रीमती सुशीला श्रेष्ठ स्वपन वाटिका स्कुलकी संस्थापक प्रिन्सिपल हुन् । एसडीको कार्यकारी निर्देशक समेत हुन् । स्वपन वाटिका फाउण्डेशनमार्फत सञ्चालित उक्त स्कुलमा १२ सम्मको पठनपाठन गराउँदै आएको छ ।