आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राइस कुकर आयातमा २७ करोड २४ लाख बाहिरियो

शनिबार, १८ चैत २०७९, १२ : ०३
शनिबार, १८ चैत २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा राइस कुकर आयातमा २७ करोड २४ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्ममा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो । यस अवधिमा २ लाख १७ हजार १८२ वटा राइस कुकर भित्रिएको छ भने ६ करोड ६३ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । तथ्यांकअनुसार विश्वका १५ वटा मुलुकबाट नेपालमा राइस कुकर भित्रिँदै आइरहेको छ ।

जसमध्ये चीनबाट सबैभन्दा धेरै २५ करोड ६६२ लाख रुपैयाँको राइस कुकर भित्रिएको छ । यसपछि, भारतबाट ८८ लाख ७३ हजार रुपैयाँको राइस कुकर भित्रिएको छ । यस्तै, थाइल्याण्डबाट २३ लाख ५४ हजार रुपैयाँको राइस कुकर भित्रिएको तथ्यांक छ । यसबाहेक बहराइन, ब्रुनाई, इटाली, जापान, कोरिया, कुवेत, ओमान, मलेसिया, साउदी अरेबिया, सिंगापुर र अमेरिका लगायतका देशबाट राइस कुकर आयात हुँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप