आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शौच जान्छु भनेकी महिला मृत फेला

शनिबार, १८ चैत २०७९, १५ : ३०
शनिबार, १८ चैत २०७९

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं.९ रानिपानी स्थित पाखो बारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं.३ टक्सार घर भएकी ३२ वर्षीय अप्सरा नेपाली मृत फेला परेकी हुन् । 

शौच गर्न जान्छु भन्दै हिँडेकी नेपाली लामो समयसम्म नआएपछि हेर्दा बेहोस भई लडेको देखिएकी थिइन् । उनलाई उठाएर माथि ल्याई हेर्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप