आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा एकसाथ दुई सेवा विस्तार

आइतबार, १९ चैत २०७९, १० : १२
आइतबार, १९ चैत २०७९

काठमाडौँ  सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको Kiosk सेवा अन्य स्थानमा पनि विस्तार गरेको छ । शनिबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले काठमाडौँको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा यो सेवा शुभारम्भ गरे । 

बैंकले कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ । साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा प्रमुख कार्यकारी अधिकृतले बताए । 

Kiosk सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् । 
                                    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप