आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेले अर्थमन्त्रीलाई स्वागत गरेन, पहिलो दिननै २० अंकको गिरावट

आइतबार, १९ चैत २०७९, १५ : २९
आइतबार, १९ चैत २०७९

काठमाडौं । नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले कोल्टे फेर्ने अपेक्षा गरिएपनि त्यसो हुन सकेन । शुक्रबार मात्र अर्थमन्त्रीमा डा.प्रकाश शरण महत नियुक्त भएका छन् । तर, नयाँ अर्थमन्त्री आएको पहिलो कारोबार दिन नै नेप्सेमा २० अंकको गिरावट आएको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २० अंकले घट्दै १८ सय ८८.५५ अंकको विन्दुमा ओर्लिएको हो । यस्तै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७२ अंकले घट्दै ३५५.७५ अंकमा झरेको नेप्सेले जनाएको छ । 

२० अंकले घटेको बजारमा आज १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक नै ऋणात्मक हुन पुगेको छ । यद्यपि, कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा ९.९६ प्रतिशतले वृद्धि हुँदैगर्दा यता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९.६१ प्रतिशतको गिरावट भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप