आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लघुवित्तको समस्या समाधानका लागि राष्ट्र बैंकले माग्यो सुझाव

आइतबार, १९ चैत २०७९, १६ : ४७
आइतबार, १९ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त घ वर्गको लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । 

हालैमात्र केन्द्रीय बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्ने गरी एक अध्ययन समिति गठन भएको छ । 

उक्त समितिले कार्य प्रारम्भ गरिसकेको जनाउँदै बैंकले लघुवित्त भित्रको समस्या र सो समस्याको समाधानको उचित उपाय दिन सरोकारवालाहरुलाई आग्रह गरेको हो । 

सरोकारवालाहरुले २०८० बैशाख २० गतेभित्र तोकिएको इमेलमा सुझाव पठाउन समेत राष्ट्र बैंकले विशेष अनुरोध गरेको छ । 

पछिल्लो समय देशैभरीबाट ग्रामीण क्षेत्रमा लघुवित्तहरुले कर्जाको नाममा अनावश्यक ऋणको भारी बोकाएको, बढी ब्याज लिएको, मनलाग्दी सेवा सुल्क लिएको र एकै व्यक्तिलाई दर्जनौं संस्थाहरुले कर्जा लगानी गरेको भन्दै विरोध भइरहेको छ । 

यसका विरुद्ध देशैभरीबाट लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति नै बनाएर ऋणीहरु आन्दोलनमा होमिरहेका छन् । लघुवित्त संस्था र ऋणीहरुबीचको यस्तो द्वोद्वको स्थिति बनेपछि राष्ट्र बैंकले अध्ययन थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप