आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन र रैथाने विश्वविद्यालय खोल्ने निर्णय

आइतबार, १९ चैत २०७९, १८ : ५७
आइतबार, १९ चैत २०७९

काठमाडौँ । पर्यटन र रैथाने विश्वविद्यालय स्थापनाका लागि  प्रक्रिया अगाडि बढाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो । 

पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विधेयक तर्जुमा समिति समेत  गठन गरिएको छ । 

मन्त्रालयको सचिव सुरेश अधिकारीको संयोजकत्वमा ७ सदस्य पर्यटन विश्वविद्यालय विधेयक निर्माण समिति बनेको छ । समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजीव गौत्तम रहेका छन् ।  सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहने गरी समिति बनाइएको हो ।  

यस्तै डा। मानबहादुर विश्वकर्माको संयोजकत्वमा ५ सदस्य रैथाने विश्वविद्यालय विधेयक तर्जुमा समिति बनेको छ  । सदस्यहरूमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका १ जना परिषद् सदस्य रहने निर्णय गरिएको छ । सदस्य सचिव संस्कृतिक महाशाखाका प्रमुख रहने बैठकले निर्णय गरेको छ । 

समितिलाई विधेयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ । यसअघि पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरी प्रकृत अगाडि बढाइएको छ । 

पर्यटन परिवर्द्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएको पर्यटन विश्वविद्यालय आवश्यक रहेको मन्त्री किरातीले बताए ।  

यसका साथै मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकुल वैज्ञानिकीकरणका लागि रैथाना विश्वविद्यालय खोलिने मन्त्री किरातीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप