युएसएआईडीको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना नेपालमा लागू
सोमबार, २० चैत २०७९, १८ : २६
काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले नेपालमा 'स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना' लागू गरेको छ ।
युएसएआईडीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ) को उक्त परियोजना लागू गरिएको हो ।
परियोजनाले नेपालीको स्वास्थ्य सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिकालाई वित्तीय सहायता प्रदान गर्ने जनाइएको छ ।