इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प
सोमबार, २० चैत २०७९, २१ : ४५
जकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन।
भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउन बाँकी छ । -(रासस-सिन्ह्वा)